पाँचौं मेरिङदेन कप फुटबल प्रतियोगिता कात्तिक ७ बाट

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङमा कात्तिक ७ गते देखि अन्तर जिल्ला स्तरीय आमन्त्रित पाँचौं मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लवको आयोजनामा कात्तिक १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको पाँचौं मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिताका खेल संयोजक क्युमिन सामेखाम लिम्बूले जानकारी दिनुभयो ।

प्रतियोगितामा विभिन्न जिल्लाका टिमहरूको सहभागिता रहने आयोजक क्लबले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले  १ लाख ५१ हजार १८२ रुपैयाँ र दोस्रो हुने टिमले ८१ हजार १८२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी,गोलकिपर, फर्वार्ड,मिडफिल्डर र डिफेन्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले क्लवले जानकारी दिएको छ ।

Similar Posts