|

आँखोप कपको उपाधि सुरुम्खिम र आयोजकलाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ३ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ आँखोपमा सम्पन्न छैटौं आँखोप कप फुटबल प्रतियोगिताको उपाधि सुरुम्खिमले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमले उपाधि जितेको हो ।
यस्तै महिलातर्फ पाहुना टोली पाँचथरको याङ्वरक गाउँपालिका–१ फलैँचाको मेजर हिमशिखर क्लबलाई पछि पार्दै आयोजक टोली आँखोपले उपाधि जितेको छ । फाइनलमा निर्धारित समयभित्र एक–एक गोल बराबरी भएपछि ट्राइबेकरमा ३–२ गोलअन्तरले पाहुना टोलीलाई पराजित गर्दै आयोजकले जितेको हो ।
पुरुषतर्फ उपाधि विजेता सुरुम्खिमले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पाएको छ भने उपविजेता बनेको आँखोपले नगद ३० हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ । त्यस्तै महिलातर्फ विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका छन् ।
स्थानीय आँखोप युवा सेवा समाजले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ २२ टोलीले सहभागिता थिए । गत कात्तिक २५ गते शुरु भएको प्रतियोगिता एक सातापछि बिहीबार सम्पन्न भएको खेल सञ्चालन समितिका संयोजक अनिल ताम्लिङले जानकारी दिनुभयो । उहाँका अनुसार सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया, सिरिजङघा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङ लगायत जनप्रतिनिधि र अन्य अतिथिको उपस्थितिमा प्रतियोगिता समापन गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts