| |

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल बन्द आह्वान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २९ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मूल्य वृद्धिविरुद्ध कात्तिक ३० गते मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । नेकपाले विज्ञप्ति प्रकाशित गर्दै नेपाल बन्दको कार्यक्रमलाई सफल बनाउनु सबैसँग अपिलसमेत गरेको छ ।
सरकारले महिना दिनभित्रै पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेकोभन्दै यसको विरोधमा नेपाल बन्दसम्मको कार्यक्रम आह्वान गर्न बाध्य भएको नेकपाले जनाएको छ । डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायतमा मार परेको जनाइएको छ ।
सरकारको गैरजिम्मेवार, जनविरोधी कार्यविरुद्ध आम जनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनका कार्यक्रमसहित नेपाल बन्दसमेत आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध नेकपाको मात्र आन्दोलन हाम्रो नभई आम जनसमुदायको साझा सरोकारको विषय भएकोभन्दै बन्दलाई सफल बनाउन सबै पक्षको समर्थन रहनेमा नेकपा विश्वस्त रहेको जनाइएको छ । नेपाल बन्दमा यातायात, उद्योगधन्दा, बजारपसल, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द रहने नेकपा ताप्लेजुङका सचिव असल पन्दाकले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts