| |

कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै ताप्लेजुङ रेडक्रस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङमार्फत कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन हुने भएको छ । नेरेसो ताप्लेजुङले सरोकारवालाको समन्वय बैठकमार्फत सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी गराएको हो । कार्यक्रम संयोजक दिननाथ भण्डारीका अनुसार कार्यक्रम ४ महिनाको हुने छ । रेडक्रसको अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा पहिलो चरणमा नेपालका ३४,दोस्रो चरणमा १० र तेस्रो चरणमा ६ गरी ५० जिल्लामा यो कार्यक्रम सञ्चालन हुने रेडक्रस केन्द्रीय तर्दथ समितिका सदस्य समेत समेत रहनु भएका जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताउनुभयो । ताप्लेजुङका लागि सञ्चालन हुन लागेको कार्यक्रम दोस्रो चरणको हो । रेडक्रसको प्राविधिक आन्तरिक समस्याका कारण कारण सञ्चालन अवधि पछि धकेलिएको गुरुङले जानकारी दिनुभयो । कार्यक्रमको बजेट १९ लाख ४ हजार रुपैंयाको रहेको छ । यो बजेटमार्फत रेडक्रस ताप्लेजुङले कोरोना रोकथाम तथा नियन्त्रण,स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छवता कार्यक्रम,स्वास्थ्य तथा स्वच्छवताका लागि जोखिम सञ्चार,सामुदायिक संलग्नता र जवाफदेहिता कार्यक्रम,समुदायमा आधारित निगारानी तथा केस सर्बेक्षण खोजपड्ताल कार्यक्रम,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा खानेपानी,सरसफाइ तथा स्वच्छवता कार्यक्रम,मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश कार्यक्रम,कोभिड–१९ बाट प्रभावितका लागि एम्बुलेन्स सेवा,सामुदायिक स्वास्थ्य तथा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचलाइ व्यवस्थित गर्न पहल र स्वयंसेवकको दक्षता अभिबृद्धिमा सहयोग गर्ने गतिविधि सञ्चालन हुने भएका छन् । कार्यक्रम स्थानीय तहसंगको समन्वयमा सञ्चालन हुने समेत रेडक्रसले जनाएको छ । समन्वय बैठकमा सरोकारवालाहरुले कार्यक्रमको अवधि छोटो भएपनि उद्देश्य महत्वपूर्ण र जनप्रेमी भएको भन्दै सञ्चालनका लागि शुभकामना दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वो,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts