९ मध्ये ६ स्थानीय तहमा एमाले पायो नयाँ नेतृत्व,फुङ्लिङमा अधिबेशन प्रकृया जारी जारी,मैवाखोलामा चुनावबाट नेतृत्व छानियो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १० । नेकपा एमालेले ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तहमा नेतृत्व चयन गरेको छ । ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने मैवाखोला गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा लालकाजी वनेम निर्वाचित हुनु भएको छ । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाँइ समेत अध्यक्षका प्रतिश्पर्धी हुनुहुन्थ्यो । यस्तै उपाध्यक्षमा आसा थोप्रा,सचिवमा रुपेन्द्र वनेम,उपसचिवद्धयमा चिरिञ्जीवी चोङ्वाङ र रुपनारायण घिमिरे निर्वाचित हुनु भएको छ । यता मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्ममत चयन हुनु भएको छ । कमिटी उपाध्यक्षमा प्रताप साँवा,सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन हुनु भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकामा बिक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा भीम साम्सोहाङ,सचिवमा लोकनाथ खतिवडा र उपससचिवमा पूर्ण तिवारी चयन हुनु भएको छ । सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटि बनेको छ । कमिटिको उपाध्यक्ष इन्द्र घतानी,सचिवमा पूर्ण डाँगी र उपसचिवद्धयमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन हुनु भएको छ । फुङ्लिङ नगरपालिकाको नगर कमिटी अध्यक्षमा भरतकुमार गुरुङ,घनेन्द्र मादेन र हेमन्तकुमार उप्रेतीको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ज्ञानु लावती,नर्वदा भण्डारी र चन्द्रकुमार थेबेको उम्मेदवारी परेको छ । सचिवमा राजेश प्याकुरेल,दावा शेर्पा,उदय भट्टराई र लिलानाथ पौडेलको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा डिल्लीप्रसाद घिमिरे,सुमन गुरुङ,शेषराज भट्टराई,मीना आचार्य बराल,पृथ्वी मादेन र अभिशेक पालुङ्वाको उम्मेदवारी परेको छ । नगर कमिटीमा सर्वसहमतिको प्रयास जारी रहेको छ । मेरिङ्देन गाउँपालिकाको अधिबेशन भने कात्तिक १२ र सिदिङ्वा गाउँपालिकाको अधिबेशन कात्तिक २७ गतेलाइ सरेको बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts