| |

प्रदेश १ का सामाजिक विकासमन्त्री साम्सोहाङलाई मातृशोक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ६ । ताप्लेजुङ निर्वाचन क्षेत्र १ (क) का प्रदेश सभा सदस्य तथा प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ मातृशोकमा पर्नुभएको छ । मन्त्री साम्सोहाङकी आमा फिपावती साम्सोहाङको ८७ वर्षको उमेरमा शनिबार बिहान बेलायतमा निधन भएको हो ।
कोभिड–१९ सङ्क्रमण देखिएपछि एक साता अघि बेलायतमै एक अस्पतालमा साम्सोहाङ उपचाररत हुनुहुन्थ्यो । दम रोगबाट समेत पीडित आमाको उपचारकै क्रममा शनिबार बिहान निधन भएको मन्त्री साम्सोहाङले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँका अनुसार साम्सोहाङ केही वर्ष अघिदेखि बेलायत (यूके) मा बस्दै आउनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts