काँग्रेस ताप्लेजुङको सभापतिमा तुम्याहाङको अग्रता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १७ । ताप्लेजुङबाट नेपाली काँग्रेसको सभापति सहितका पदाधिकारीमा संस्थापन पक्षका गजेन्द्र तुम्याहाङ सहितको टोलीले प्रारम्भिक अग्रता कायम गरेको छ । १ हजार ३७ मत झरेकोमा २ सय मत गणना गर्दा तुम्याहाङले प्रतिश्पर्धी छबिलाल गुरुङलाइ २९ मतले पछि पार्नु भएको छ । तुम्याहाङको १ सय १३ र गुरुङको ८४ मत रहेको छ । यस्तै उपसभापतिमा गुरुङ समूहका गणेश चोङ्वाङको १ सय ५ मत,तुम्याहाङ समूहका डिल्लीरमण बरालको ९७ मत,गुरुङ समूहका चन्द्रमान खोयाहाङको ८९ मत र तुम्याहाङ समूहका रवीन्द्रकुमार वनेको ७३ मत रहेको छ । यस्तै सचिवमा तुम्याहाङ समूहका डम्बर(युकहाङबीर)को १ सय १८ मत,गुरुङ समूहका मातृकाप्रसाद शेर्पाको ८५ मत,तुम्याहाङ समूहका नन्दकुमार ओझाको ८३ मत र गुरुङ समूहका चक्र भट्टराईको ७४ मत रहेको छ । सहसचिवमा तुम्याहाङ समूहका जंग(तेज)सुनुवारको १ सय २२ मत,सोहि समूहका नन्दकुमार आङ्बुहाङको ८५ मत,गुरुङ समूहका जयनारायण नाल्वोको ८३ मत र गुरुङ समूहकै याम लिम्बूको ७२ मत रहेको छ । सभापति,सचिव र सहसचिवमा २–२ जना उम्मेदवार बिजयी हुनुहुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts