| |

शिखर इन्स्योरेन्सद्वारा बीमा रकम प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १६ ।
ताप्लेजुङस्थित शिखर इन्स्योरेन्स कम्पनीले तीन जना अग्नि पीडितलाई बीमा रकम उपलब्ध गराएको छ । मेरिङ्देन गाउँपालिका-३ खाम्लुङको दोभान बजारका अग्नि पीडितहरुलाई कम्पनीको फुङ्लिङ शाखाले बीमा बापतको रकम उपलब्ध गराएको हो ।
शिखर इन्स्योरेन्स कम्पनीका फुङ्लिङ शाखा प्रमुख उमेश अधिकारीका अनुसार दोभान बजारस्थित चेतन स्टोर्सका सञ्चालक जय भट्टराईलाई बीमाबापत ३३ लाख २४ हजार १५ रुपियाँ रकम प्रदान गरिएको छ । यस्तै पाथीभरा महाकालिका स्टोर्सका सञ्चालक भोलानाथ भट्टराईलाई १७ लाख ४० हजार २०० र कञ्चनजङ्घा सटिङ सुटिङ सेन्टरका सञ्चालक नरबहादुर सुनामलाई चार लाख ८७ हजार ४३९ रुपियाँ प्रदान गरिएको छ । कम्पनीमा बीमा गरेअनुसार उहाँहरुलाई बीमा दावी रकम भुक्तानी दिएको अधिकारीले बताउनुभयो ।
लाभग्राहीलाई बीमा रकमको चेक हस्तान्तरण गर्दै शाखा प्रमुख अधिकारीले जोखिम तथा विपत्ति आउनसक्ने भन्दै आफ्नो व्यवसाय तथा सम्पत्ति सुरक्षाका लागि समयमै बीमा गर्न सबैलाई आग्रह पनि गर्नुभयो । पीडित व्यवसायीले भने बीमा दावी रकम पाएकोमा प्रसन्नता व्यक्त गर्दै इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएका थिए ।
सदरमुकामपछि जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र खाम्लुङको दोभान बजारमा गत फागुन १८ गते आगलागी हुँदा ५१ घर जलेको थियो । सो आगलागीबाट ६० भन्दा बढी परिवार विस्थापित भएका थिए भने ४० करोड रुपियाँ बढीको क्षति भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts