|

काँग्रेस ताप्लेजुङको जिल्ला अधिबेशनमा झण्डै एघार सय मतदाता हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३० । नेपाली काँग्रेस ताप्लेजुङको जिल्ला अधिबेशनमा झण्डै एघार सय जना मतदाता हुने भएका छन् । पालिका अधिबेशनसंगै प्रत्येक पालिकाबाट २ जनाका दरले अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गरेर आउने क्षेत्रीय प्रतिनिधि समेत गरी कूल १ हजार ७९ जना क्षेत्रीय प्रतिनिधि हुने नेपाली काँग्रेस ताप्लेजुङका सचिव मंगल मेन्याङ्वोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक पालिकाबाट २–२ जनाका दरले आउने बाहेक अरु सबै क्षेत्रीय प्रतिनिधिको टुङ्गो लागेको छ । मेन्याङ्वोका अनुसार निर्वाचन क्षेत्र नं १(क)बाट ५ सय ६४ र १(ख)बाट ४ सय ९७ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । चयन भएका क्षेत्रीय प्रतिनिधिले सम्वन्धित पालिका र जिल्ला अधिबेशन दुबैमा नेतृत्व चयन गर्ने मतदाताको अधिकार राख्छन् । पालिकाका लागि भने सम्वन्धित पालिकाबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले आफ्नो पालिकाको नेतृत्व चयनमा मात्र मतदाता हुन पाउँछन् । सचिव मेन्याङ्वोका अनुसार बहालवाला सांसद,सांसदका प्रतिश्पर्धी(उम्मेदवार),जिल्ला सभापति,वर्तमान र पूर्व केन्द्रीय सदस्य स्वतःक्षेत्रीय प्रतिनिधि हुनेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts