|

स्थानीय तहको बेरुजुप्रति विप्लव नेकपाको चासो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २२ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङका स्थानीय तहहरुको बेरुजु रकमप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा ताप्लेजुङले स्थानीय तहको बेरुजुलाई नीतिगत भ्रष्टचारको रुपमा लिँदै पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
जिल्ला इन्चार्ज जोखिम बोहोरा र सचिव असल पन्दाकद्वारा हस्ताक्षरित विज्ञप्तिमा महालेखाको ५८ औं प्रतिवेदनअनुसार ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकाको कुल ११ करोड एक लाख ६६ हजार रुपैयाँ बेरुजु भएको र यो बेरुजु रकमलाई नीतिगत भ्रष्टचार भएको उल्लेख गरिएको छ । यस्तै ताप्लेजुङका स्थानीय सरकारहरुले विकास निर्माणका समितिहरु आफू अनुकुल बनाएर र विकास निर्माणकै कार्य ठेक्कामार्फत गर्ने नियम बनाएर घुस धन्दा चलाइरहको, कहिँ ठेकेदार र जनप्रतिनिधि तथा विद्यालयको अध्यक्ष र जनप्रतिनिधि एकै व्यक्ति रहेको, विद्युत निर्माण कम्पनी तथा विभिन्न विकासको नाउमा निजी कम्पनीसँग मिलेमतो गरेर स्थानीय सरकारले जनतालाई मारमा पारिरहेको जस्ता गम्भीर आरोप पनि लगाएको छ ।
यसरी स्थानीय सरकारहरुले गरिरहेको काम तथा गतिविधिप्रति पार्टीको घोर आपत्ति रहेको जनाउँदै पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था स्थापनाका लागि जिल्लावासीलाई उसले अपिल पनि गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts