| |

पालिका स्तरीय शिक्षा पाश्र्वचित्र तथा शिक्षा योजना निर्माणका लागि बन्यो कार्यदल,योजना निर्माणमा मिक्वाखोला अगाडि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । पालिका स्तरीय शिक्षा पाश्र्वचित्र तथा शिक्षा योजना निर्माणका लागि प्राविधिक सहयोग पु¥याउन ताप्लेजुङमा ८ सदस्यीय प्राविधिक कार्यदल गठन गरिएको छ । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम(ईजीआरपी)मार्फत यो कार्यदल गठन भएको हो । ईजीआरपीका जिल्ला संयोजक रेवती नेपालका अनुसार यो समितिले ताप्लेजुङका सबै पालिकाहरुमा १० बर्षे शिक्षा योजना तथा शिक्षा पाश्र्वचित्र निर्माणमा प्राविधिक सहयोग गर्ने छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई संयोजक रहेको समितिमा फक्ताङलुङ गाउँपालिकाका शिक्षा अधिकृत जयप्रसाद रिजाल र बासु माविका शिक्षक शान्तिराम नेपाल बिद्युतीय एकिकृत शैक्षिक व्यवस्थापन प्रणाली(आईईएमआईएस) बिज्ञको रुपमा सदस्य रहनु हुने छ भने पाथीभरा याङ्वरक गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङ र मेरिङदेन गाउँपालिकाको शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेल पालिकाका शिक्षा शाखाबाट सदस्य रहनु भएको छ । प्राविधिक कार्यदलमा शिक्षा योजना विज्ञको रुपमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र पन्त र सेवानिवृत लेखा अधिकृत रामचन्द्र नेपाल प्राविधिक कार्यदलमा सदस्य रहनु हुने छ । सेवानिवृत लेखा अधिकृत नेपाल करिव १४ बर्ष सम्म तत्कालिन शिक्षा कार्यालयमा लेखा फाँटमा कार्यरत रहेको ईजीआरपीका जिल्ला संयोजक नेपालले बताउनुभयो । ईजीआरपीका जिल्ला संयोजक नेपाल कार्यदलको सदस्य सचिव रहनु हुने छ । उहाँका अनुसार ईजीआरपी जिल्ला समन्वय समितिले शिक्षा योजना निर्माणका क्रममा पालिकालाइ गर्नुपर्ने प्राविधिक सहयोगको क्रम समेत निर्धारण गरेको छ । जस अनुसार शिक्षा योजना निर्माणका लागि ताप्लेजुङका ९ पालिकामध्ये मिक्वाखोला गाउँपालिका अग्रपंक्तिमा रहेको छ । ईजीआरपी जिल्ला संयोजक नेपालका अनुसार फक्ताङ्लुङ दोस्रो,मेरिङ्देन तेस्रो,मैवाखोला चौथो र आठराइ त्रिबेणी गाउँपालिका पाँचौं स्थानमा रहेका छन् । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका छैटौं,फुङलिङ नगरपालिका सातौं,सिरिजंगा गाउँपालिका आठौं र सिदिङ्वा गाउँपालिका नवौं स्थानमा रहेको ईजीआरपी जिल्ला समन्वय समितिले जनाएको छ । ईजीआरपी कक्षा १–३ मा अध्ययनरत बालबालिकाको पठनसीपमा सुधार गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हो ।

Similar Posts