अपराधका घटना बढेपनि घटनामा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २ । ताप्लेजुङमा अपराधका घटनाका केहि बृद्धि भएपनि घटनामा संलग्नको पक्राउ गर्ने कार्यमा भने प्रहरीलाइ उल्लेख्य सफलता हाता लागेको पाइएको छ । अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दाहेरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयले अपराधिक प्रकृतिका बिभिन्न १ सय १ वटा घटनालाइ आधार मानेर त्रिबर्षिय तालिका बनाएको छ । पछिल्ला तीन बर्षमा भएका घटनामा ४ सय ४४ जनाको संलग्नता देखिएकोमा ४ सय २९ जनालाइ पक्राउ गरिएको र २५ जना फरार रहेको प्रहरीको अभिलेखबाट देखिन्छ । जस अनुसार आर्थिक बर्ष २०७५।०७६ मा १ सय ६२ वटा घटना भएका छन् । सो मध्ये घटनामा संलग्न १ सय ४५ लाइ प्रहरीले पक्राउ गर्न सकेको छ । सो आवमा ८ जना फरार रहेका थिए । आव २०७६।०७७ मा १ सय ६३ वटा घटना भएका छन् । ९८ वटा घटनाको फस्र्यौट गर्दै प्रहरीले १ सय ४० जनालाइ पक्राउ गरेको छ । ७ जना फरार भए । आव २०७७।०७८ मा १ सय ७१ वटा घटना दर्ता भएकोमा ९० वटा फस्र्यौट भइ ८१ वटा घटना चालू आवका लागि जिम्मेवारी सरी आएको छ । यि घटनामा संलग्नमध्ये १ सय ४४ जनालाइ पक्राउ गरिएको छ भने १० जना फरार रहेका छन् । आत्महत्या,ज्यान सम्वन्धी,भबितब्य ज्यान,अभद्र व्यवहार र सार्वजनिक अपराधका घटनाको दर बार्षिक रुपमा बृद्धि हुदै आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७५।०७६ मा १९ जनाले झुण्डीएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए । आव २०७६।०७७ मा झुण्डी आमहत्या गर्नेको संख्या २३ र बिष सेवन गरी आत्महत्या गर्नेको संख्या ३ पुग्यो । आव २०७७।०७८ मा २९ जनाले झुण्डीएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । कर्तव्य ज्यान सम्वन्धमा आव ०७५।७६ मा ६ वटा,२०७६।०७७ मा ७ वटा र २०७७।०७८ मा ५ वटा घटना भएका छन् । आव २०७५।०७६ मा ११ वटा ज्यान मार्ने उद्योगका घटना भएकोमा २०७६।०७७ मा ७ वटा र २०७७।०७८ मा ६ वटा घटना भएका छन् । पछिल्ला तीन आर्थिक बर्षमा भएका कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा संलग्न ७१ जना मध्ये ६५ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेको प्रहरीले अभिलेखबाट देखिन्छ । यस्तै आव २०७५।०७६ मा भबितब्य ज्यानका २४ र बेबारिसे ज्यानका ४ वटा घटना भएका छन् । आव २०७६।०७७ मा भबितब्य ज्यानका ४३ र आव २०७७।०७८ मा २५ वटा घटना भएका छन् । यस्तै आव २०७५।०७६ मा जबरजस्ती करणीका २० र जबरजस्ती करणी उद्योगका १३ वटा घटना भएका छन् । आव २०७६।०७७ मा जबरजस्ती करणीका १४ र जबरजस्ती करणी उद्योगका ५ तथा आव २०७७।०७८ मा जबरजस्ती करणीका २४ तथा जबरजस्ती करणी उद्योगका ४ वटा घटना भएका छन् । आव २०७५।७६ मा २६ वटा अभद्र व्यवहारका घटना भएकोमा यस्ता घटना आव २०७६।०७७ मा ३१ र २०७७।०७८ मा ३४ वटा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts