|

आमाको काजकिरिया गर्दै बसेकै ठाउँबाट एमाले नेता भट्टराईद्धारा अध्यादेशको बिरोध,बिना सर्त फिर्तालिन सरकारलाइ आग्रह

ताप्लेजुङ,भदौ १ । मातृ बियोग पछि संस्कार(काजकिरिया)मा बस्नु भएका एमाले नेता तथा प्रतिनिधिसभाका साँसद योगेशकुमार भट्टराईले राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र भएको टिप्पणी गर्नु भएको छ । सरकारले संसद अधिबेशन सुरु भएको महिना दिन नै नहुँदै अधिबेशन स्थगित गर्दै २० प्रतिशत सदस्य संख्यामै दल बिभाजन गर्न पाउने गरी अध्यादेश जारी गरेपछि भट्टराईले बिरोध गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिनु भएको छ ।‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुश्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहो¥यानु समकालिन नेतृत्वको घोर असफलता हो ’ उहाँले भन्नु भएको छ । उहाँले सरकारले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्ने बताउनु भएको छ । एमाले अध्यक्ष केपी ओली र माधव नेपालले मुलुक र भावी पुस्ताको भष्यिलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्ने भट्टराईको भनाइ छ ।

Similar Posts