तीर्थालुलाई पदयात्रा सहज हुनेगरी पाथीभरा क्षेत्रमा बन्यो ट्रष्टसहितका भौतिक संरचना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १९ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर प्रबेशद्धारबाटै अब हिउँ र पानीका लागि प्रयोग गरिने छाता बन्द गर्दा हुने भएको छ ।
मुख्य प्रबेशद्धारबाट मन्दिरसम्म करिव १ सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाईएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको हो । लक डाउनका कारण तीर्थालुको चाँप नभएको मौका छोपी पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ट्रष्ट सहितका बिभिन्न संरचनाको निर्माण गरेको छ । उपभोक्ता समितिमार्फत बनेका संरचनाको निर्माण कार्य लगभग पूरा भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । पाथीभरा मन्दिरको मुख्य प्रबेशद्धारबाट सुरु भएको ट्रष्ट मन्दिर प्रबेशको अन्तिम द्धार सम्म पुगेको छ । यो संरचना बनेपछि पानी र हिउँका कारण तीर्थालुले बिगतमा खेप्दै आएको समस्या हट्ने क्षेत्र बिश्वास लिईएको छ । मुख्य सिजन राम नवमी र दशैं तथा तिहारको समयमा पाथीभरा क्षेत्रमा दर्शथार्नीको घुईँचो लाग्ने गर्छ । तीर्थालुको चाँप बढी भएको दिन मन्दिर प्रबेशको मुख्य द्धार क्षेत्रबाटै तीर्थार्लुहरु दर्शनका क्रममा लाईन लाग्ने गर्छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार समितिको समन्वयमा पाथीभरा क्षेत्रमा चालू आर्थिक बर्षमा ट्रष्टसहितका ५ वटा संरचना निर्माण भएका छन् । मन्दिर प्रबेशद्धार भन्दा उत्तरपश्चिमतर्फ तीर्थालु बस्ने घर बनेको छ । फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको अवस्था अन्त्य गर्न उपयुक्त प्रविधिसहितको फोहोर बिर्सजन केन्द्र बनाईएको छ । हिउँ र पानीको अधिक प्रभावका कारण फोहोरमैलाको उपयुक्त बिर्सजनमा देखिएको समस्या हाल गर्न माथिबाट चिसो फोहोर सुकाउने र तल डढाउन मिल्ने गरीको संरचना बनाईएको छ । ठाडै उकालो पदमार्गका कारण तीर्थालुलाई पदयात्राका क्रममा हुने कठिनाईलाई क्रमशः हल गर्ने उद्देश्यले पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उभोंका अधिक उकालो भागलाई केहि तेर्सो र सहज बनाईएको छ । माथिल्लो फेदीभन्दा केहि तल गुराँसे क्षेत्र र सो भन्दा तलका उपभोक्तालाई खानेपानी उपभोग हुन सहज हुनेगरी पानी ट्याङ्की बनाईएको छ । पाथीभरा क्षेत्रमा जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले बिगत लामो समय देखि भौतिक पूर्वाधार तथा मन्दिर क्षेत्र व्यवस्थापन सहितका कार्य गर्दै आईरहेको छ । पाथीभरा क्षेत्रको भेटिपाति व्यवस्थापनका लागि दुबै समितिका प्रतिनिधित्व हुनेगरी जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटिपाति व्यवस्थापन समिति रहेको छ । यो समितिको कोष खर्च गरी सडक तथा पदमार्ग व्यवस्थापनसहितका समेत भईरहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts