| |

डिभिजन वन कार्यालयद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २ ।
ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । आफ्नो जिम्मेवारीअनुसार उत्कृष्ट काम गर्ने चारजना कर्मचारीलाई डिभिजन वन कार्यालयले सम्मान गरेको हो ।
गएको आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट कार्य गरेको मूल्याङ्कन गरी दुईजना फरेस्टर र दुईजना वनरक्षकलाई सम्मान गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिनुभयो । उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुनेमा फरेस्टरतर्फ सीता योगी र फुपुग्याबु शेर्पा तथा वन रक्षकतर्फ सञ्जबीर मादेन र सुमन खालिङ रहनुभएको छ ।

सम्मानित हुने कर्मचारीलाई डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो । यस्तै सम्मानित कर्मचारीलाई बधाई तथा शुभकामना दिनुहुँदै डिभिजनल वन अधिकृत शाहले आगामी दिनमा पनि वन संरक्षण, सम्वर्द्धन तथा वन विकास लगायतका कार्यमा प्रभावकारी योगदान पुर्याउन आग्रह गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts