| | | |

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ मा झ¥यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३१ । ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ मा झरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको बिबरण अनुसार १ हजार ६ सय ४१ जना संक्रमित भएकोमा १ हजार २ सय ८० जना संक्रमणमुक्त भएका छन् । प्रशासन कार्यालयले १४ जनाको मृत्यु भएको बिबरण सार्वजनिक गरेको छ । जिल्ला भित्रै मृत्यु भएकाको बिबरण मात्र प्रशासन कार्यालयले राख्ने गरेको छ । दोस्रो भेरिएन्ट सुरु भएयता भने यहाँका २० जना नागरिकको मृत्यु भइसकेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार संक्रमित अधिकाँस होम आइसोलेसनमा रहेका छन् । २ जनालाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

८ जना सामान्य उपचारको क्रममा अस्पतालमा र ११ जना स्थानीय तहले बनाएका संस्थागत क्वारेन्टिनमा रहेको समेत प्रजिअ पाण्डले जानकारी दिनुभयो । प्रतिशतका हिसावले करिव ७९ प्रतिशत संक्रमणमुक्त भएको देखिएको छ भने २१ प्रतिशतमा अझै संक्रमण कायम रहेको तथ्याङ्ले देखाएको छ ।
३ हजार ५ सय बढीले लगाए कोरोना बिरुद्धको खोपको दुबै मात्रा
ताप्लेजुङमा अहिले सम्म ३ हजार ५ सय ३७ जनाले कोरोना बिरुद्धको खोपपको दुबै मात्रा लगाएका छन् । सो मध्ये २ हजार १ सय ५९ जनाले कोभिडशिल्ड र १ हजार ३ सय ७८ जनाले भेरोसिल खोपको दुबै मात्र लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार १४ हजार १ सय ९५ जनाले कोभिडशिल्ड र ५ हजार ७ सय ४० जनाले भेरोसिल गरी १९ हजार ९ सय ३१ जनाले भने खोपको पहिलो मात्रा मात्र लगाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts