गाउँपालिकाको नाम परिवर्तनका बिषयमा साझा सुझाव दिन सिरिजंगाद्धारा कार्यदल गठन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २९ । गाउँपालिकाको नाम परिवर्तनका बिषयमा साझा सुझाव दिन ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले ३ सदस्यीय कार्य दल तथा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सिरिजंगा गाउँपालिका वडा नं ५ पेदाङका वडाध्यक्ष पूर्णसिंह मावो लिम्बूको संयोजकत्वमा गठित समितिमा कार्यपालिका सदस्य बिमला साम्यु लिम्बू र तेल्लोक माध्यमिक बिद्यालय सिरिजंगा वडा नं ४ तेल्लोकका प्रधानाध्यापक रुकमान थेबे सदस्य रहनु भएको छ । गाउँपालिकाका प्रवक्ता लालकृष्ण चौहानका अनुसार भाषा तथा संस्कृतिविदद्धय येहाङ(धनप्रसाद)लावती(फिदिम नगरपालिका वडा नं ९ पाँचथर) र अर्जुन माबुहाङ(लालीगुराँस नगरपालिका वडा नं ३ तेह्रथुम) तथा प्राज्ञ तथा सहप्राध्यापक अमर तुम्याहाङ(सिरिजंगा वडा नं ७ खेवाङ,ताप्लेजुङ) रहेको कार्यदल सल्लाहकार समिति गठन गरिएको छ ।

लिम्बू भाषा तथा लिपिका सर्जक त्ये अङ्सी सिरिजङ्घा सिंह थेबेको सम्मानमा नामाकरण गरिएको गाउँपालिकाको नामाकरण भएको ब्याकरणीय दृष्टीले पालिकाको नाम परिवर्तन भएको भन्ने आवाज उठिरहेको सन्दर्भमा सरोकारवालासंग गहन छलफल गरी प्राप्त सुझावलाइ एकिकृत गर्दै सोहि बमोजिम गाउँपालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने ३ असार २०७८ को गाउँसभा अधिबेशन(नवौं)को पहिलो बैठकबाट भएकोे निर्णय अनुसार कार्यदल गठन गरिएको गाउँपालिकाका प्रवक्ता चौहानले बताउनुभयो । कार्य दललाइ ३ महिना भित्र ब्याकरणीय दृष्टीले वास्तविक रुपमा हुनुपर्ने गाउँपालिकाको नामका सम्वन्धमा सुझाव सहितको प्रतिबेदन दिने जिम्मेवारी तोकिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts