|

धेरै संक्रमित पनि पुरुष,निको हुन बाँकी धेरै पनि पुरुष

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २५ । संक्रमित संख्या पुरुषको बढी रहेको ताप्लेजुङमा निको हुन बाँकी संख्या पनि पुरुषकै बढी देखिएको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको बिबरण अनुसार ८ सय ९९ जना पुरुष संक्रमित रहेको ताप्लेजुङमा ६ सय ३ जना निको भएका छन् । २ सय ९६ जना पुरुष अझै पनि सक्रिय संक्रमित रहको पाइएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङले तयार पारेको बिबरण

जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ६ सय ३५ जना महिलामा कोरोना संक्रमण देखिएकोमा ४ सय ६३ जनाले स्वास्थ्य लाभ आर्जन गरेका छन् ।

स्वास्थ्य कार्यालय ताप्लेजुङले तयार पारेको बिबरण

अझै १ सय ७३ जना महिलामा कोरोनाको संक्रमण कायम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रवार साँझ सम्मको बिबरण अनुसार ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६८ रहेको छ । स्वास्थ्य कार्यालयको बिबरण अनुसार १ हजार ६६ जना संक्रमणमुक्त भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts