|

सिदिङ्वाले भन्यो‘बैंक खाता अद्यावधिक नगरेका कारण सासु भत्ता नपाए लाभग्राही नै जिम्मेवार’

ताप्लेजुङ,असार २५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बैंक खाता अद्यावधिक नगरेका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएको अवस्थामा लाभग्राही आफैं जिम्मेवार हुनुपर्ने सूचित गरेको छ । सामाजिक सुरक्षा भत्ताका सम्वन्धमा लाभग्राहीहरुलाइ बिशेष सूचना जारी गर्दै पालिकाले बैंक खातामा अद्यावधिक गर्न बाँकी रहेका लाभग्राहीलाइ तत्कालै लक्ष्मी बैंकको सिदिङ्वा शाखा पुगेर बैंक खाता अद्यावधिक गर्न भनेको छ ।

चालू आर्थिक बर्ष २०७८।०७९ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको तेस्रो चौमासिक वापतको रकम बैंक खातामा निकासा भइ सकेको भन्दै गाउँपालिकाले खाता अद्यावधिक गर्न बाँकी रहेका लाभग्राहीलाइ यथाशीघ्र खाता अद्यावधिक गरी प्रकृयामा जान आग्रह गाउँपालिका प्रशासनले आग्रह गरेको छ ।‘खाता अद्यावधिक नगरेकै कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट बञ्चित भए स्वयं लाभग्राही नै जिम्मेवार र जवाफदेहि हुनुपर्ने छ’प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले भन्नुभयो ।

Similar Posts