|

मैवाखोलाद्धारा करिव ३५ करोडको बजेट पारित,चालू भन्दा करिव ५ गुणा बढी पुँजीगत बजेट,कोरोना प्रभावित बिद्यार्थीलाइ मनोसामाजिक परार्मश चलाइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले करिव ३५ करोडको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ । पालिका अधिबेशनले ३४ करोड ७३ लाख ४९ हजार रुपैंयाको बजेट पारित गरेको छ । पारित बजेट मध्ये चालुतर्फ ५ करोेड ६८ लाख ६५ हजार र २९ करोड ४ लाख ८४ हजार रुपैंयाको बजेट रहेको छ । अन्य पालिका भन्दा मैवाखोला गाउँपालिकाले ठीक बिपरितको बजेट ल्याएको छ । अरु पालिकाले चालू खर्च बढी र पुँजीगत खर्च कम भएको बजेट ल्याएका छन् । मैवाखोलाले भने चालू खर्चको तुलनामा ५ गुणा बढी रकमको पुँजीगत बजेट ल्याएको छ । गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त बित्तीय समानीकरण,सर्सत अनुदान,बिशेष अनुदान र राजश्व बाँडफाँड र समपुरक अनुदान तथा पालिकाको आन्तरिक आय र आन्तरिक स्रोत नगद मौज्दात(अल्या)रकमबाट बजेटको स्रोत भरपुर गर्ने भनेको छ । उपाध्यक्ष कौशिल थत्लुङद्धारा प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट बित्तीय समानीकरण अनुदान ९ करोड ८५ लाख,राजश्व बाँडफाँड बापतको अनुदान ५ करोड ५२ लाख ६४ हजार,सर्सत अनुदान १७ करोड २५ लाख गरी कूल ३२ करोड ६२ लाख ६४ हजार रुपैंयाको सिलिङ प्राप्त भएको छ । यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ५५ लाख ५४ हजार,सर्सत अनुदान ५ लाख ३१ हजार र समपुरक अनुदान १ करोड गरी कूल १ करोड ६० लाख ८५ हजारको बजेट सिलिङ प्राप्त भएको छ । यस्तै आन्तरिक आम्दानी २५ लाख र आन्तरिक स्रोत अन्र्तगत नगद मौज्दात (अल्या)२ करोड ५० लाख समेतको रकमलाइ आधार मानी पालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि बजेट ल्याएको उपाध्यक्ष थत्लुङले जानकारी दिनुभयो ।
किसानलाइ सहुलियत ऋण उपलब्ध गराउन छुट्टै कोष,बिद्यार्थीलाइ मनोसामाजिक परार्मश दिइने
गाउँपालिकाले निर्वाहमुखी कृषि प्रणालीलाइ व्यवसायिक र आधुनिकीकरण गर्न प्रयास स्वरुप किसानलाइ सहुलियत ऋण उपलब्ध गराउन छुट्टै कोष बनाउने भएको छ । पालिका अध्यक्ष राजनकुमार थत्लुङद्धारा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार पालिकाका नागरिकलाइ खाद्यान्नमा आत्मनिर्भर बनाउन उन्नत जातका बीउ बिजन र उत्पादनका सामग्री अनुदानमा दिइने भएको छ । कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएकाहरुलाइ सामुहिक उद्यम सृजनाका लागि सीपमूलक तालिम दिइ अनुदानको व्यवस्था गर्ने तथा घरेलु सीप र अनुभवका आधारमा व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ । पालिकाले भौतिक पूर्वाधार निर्माणका आयोजनामा वातावरण सन्तुलनलाइ समेत ध्यानमा राखेर मानव स्रोतको अधिकत्म प्रयोग गर्ने र त्यहिँमार्फत रोजगारी सृजनामा सहयोग पु¥याउने भनेको छ । पालिका भित्रका जग्गा बिहिन सुकुम्बासीलाइ यसै आर्थिक बर्ष भित्र व्यवस्थापन गर्नेगरी आधार तयार गरिने भएको छ । पालिकाले कोभिड–१९ का कारण बिद्यार्थीलाइ पर्न गएको मानसिक असर कम गर्न मनोसामाजिक परार्मश कार्यक्रम चलाउने भएको छ । पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने बिद्यालय व्यवस्थापन देखि शिक्षक र बिद्यार्थी समेतलाइ पुरस्कार तथा सम्मान गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts