५ कर्मचारी र राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने ४ खेलाडीलाइ सम्मान गर्दै मेरिङ्देन,बजेट अधिबेशन बुधवार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सेवा र जिम्मेवारी प्रति निष्ठावान ५ कर्मचारी र राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन गर्ने ४ जनालाइ सम्मान गर्ने भएको छ । बुधवार हुने ५ औं गाउँसभा तथा बजेट अधिबेशनमा यो सम्मान गर्न लागिएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराईलीले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षभरीको कार्य सम्पादनका आधारमा सेवाप्रति निष्ठान,जिम्मेवारीप्रति जवाफदेहि र सेवाग्राही मैत्री सेवा प्रवाह गरिएका आधारमा सम्मानित हुनेहरु छनौट गरिएको हो । छनौटमा पर्नेहरुमा पालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मी चौहान,सान्थाक्रा स्वास्थ्य चौकीमा कार्यरत अनमी धनमाया सामेखाम,पालिकाका एमएसआइ अपरेटर देउमान लङ्वा तथा कार्यालय सहयोगीद्धय बिष्णुकुमार केदेम र निलू लिम्बू रहनु भएको छ । यस्तै २०७७÷२०७८ को राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय तथा क्षेत्रीय स्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने पृथ्वी मावि खाम्लुङका असिम लिम्बू(लङजम),सटफुटतर्फ त्रिभुवन माथि थुकिमाका उपासना हाङ्गाम र दिलेन्द्र लिम्बू तथा १ सय मिटर दौडतर्फ पान्दोलुङ मावि नाल्बुका दावासाङ्मु शेर्पा रहनु भएको छ। उहाँहरुलाइ नगद पुरस्कार सहित पुरस्कृत गर्ने निर्णय भएको समेत प्रवक्ता बराईलीले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकले मेरिङ्देन गाउँपालिकाको वडा नं ३ स्थित सूर्मा बरडाँडा साकफारा सडक खण्ड तथा मेरिङ्देन २ को सूर्मा हेलुम्बा रातमाटे सडक खण्डमा काठका गोलिया ओसारपसार गर्नलाई अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि प्रतिवन्ध लगाउने निर्णय पनि लिएको छ । यस्तै चालू आर्थिक बर्ष २०७७।०७८ को नेपाल सरकारबाट प्राप्त सर्सत अनुदान अन्र्तगत बाख्रा पकेट कार्यक्रमका लागि मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका पाथीभरा महिला कृषक समूह,दिदी बहिनी महिला कृषक समूह र जालपा महिला कृषक समूहलाइ ५–५ लाख रुपैंयाका दरले अनुमान उपलब्ध गराउने निर्णय पनि गाउँ कार्यपालिकाले निर्णय गरेको प्रवक्ता बराईलीले जानकारी दिनुभयो । गाउँपालिकाले यसअघि बाख्रा पकेट कार्यक्रमको अनुदान प्राप्तिका क्रममा रितपूर्वकको निबेदन दर्ता गर्न कार्यक्षेत्र भित्रका कृषक समूहहरुलाइ आवहान गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts