हिउँदे बाढीका कारण फाकुम्बा र ढुङगेसाँघु जोड्ने नेरुवाखोला माथिको निर्माणाधिन मोटरेवल पुल भाँचियो
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ११ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं ५ र ६ फाकुम्बालाई वडा नं २ र १ हुँदै दोभान र फुङलिङ बजारसँग जोड्ने नेरुवाखोला खार्तेको निर्माणाधीन मोटरेबल हिउँदे बाढीका कारण भाँचिएको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार दोभान–तिरतिर्रे–खार्ते– फाकुम्बा–साम्तोङ–सिन्धोलुङ झरना सडकको पुलको स्ल्याप ढलान सकेर लठ्ठा तन्काउने बेलामा गएराति भाँचिएको हो । केहिदिन देखिको लगातार भइरहेको बर्षाका कारण नेरुवा खोलामा पानीको बहाव बढेको थियो । सडकको पुलको स्ल्याप ढलान सकेर लठ्ठा तन्काउने समयमा खोलामा आएको बाढीले पुल भाँचिएको हो ।
पालिका अध्यक्ष वनेमले अब तत्काल फाकुम्बा क्षेत्रका नागरिकहरुले यो वर्षात्को समयदेखि बाह्रै महिना यातायात सेवा उपभोग गर्न पाउने लक्ष्य अधूरो भएको बताउनुभयो । विकास निर्माणले पालिकाका हरेक वडाहरु एकआपसमा नजिकिदैं गएको बेला भएको यो क्षतिप्रति पालिका अध्यक्ष वनेमले दुःख प्रकट गर्दै‘दुर्भाग्य’को संज्ञा दिनु भएको छ ।