प्रदेश १ भरीका सबै स्थानीय तहले आगामी आवमा पाउने राजश्व बाँफाँड बाहेक अन्तर सरकारी बित्तीय हस्तान्तरण बापतको रकम सार्वजनिक, ताप्लेजुङका कुन स्थानीय तहले कति पाउने ?

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ४ । प्रदेश १ को योजना तथा आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८।०७९ मा ताप्लेजुङ सहित प्रदेश भरीका सबै स्थानीय तहले पाउने अन्तर सरकारी बित्तीय हस्तान्तरण बापतको रकम सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेबसाइटमार्फत अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्र्तगत आगामी आवमा प्रदेश भरीका स्थानीय तहलाइ दिइने बित्तीय समानीकरण,सर्सत अनुदान र समपुरक अनुदानको रकम सार्वजनिक गरेको हो । एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङ स्थानीय तहले आगामी आर्थिक बर्षमा प्रदेश १ बाट बित्तीय समानीकरण,सर्सत अनुदान र समपुरक अनुदान बापत १५ करोड ८३ लाख ७ हजार रुपैंया पाउने भएका छन् । यो राजश्व बाँडफाँड बाहेकको रकम हो । फुङ्लिङ नगरपालिकाले बित्तीय समानीकरणमा ९५ लाख ९७ हजार रुपैंया,सर्सत अनुदानमा ७ लाख ५ हजार र समपुरक अनुदानमा १ करोड रुपैंया गरी कूल २ करोड ३ लाख २ हजार रुपैंया पाउने भएको छ । आठराइ त्रिबेणी गाउँपालिकाले बित्तीय समानीकरणमा ६४ लाख १९ हजार,सर्सत अनुदानमा ५ लाख ५४ हजार र समपुरक अनुदानमा १ करोड गरी कूल १ करोड ६९ लाख ७३ हजार रुपैंया पाउने भएको छ । फक्ताङ्लुङ गाउँपालिकाले बित्तीय समानीकरणमा ५८ लाख २३ हजार,सर्सत अनुदानमा ६ लाख ६२ हजार र समपुरक अनुदान बापत १ करोड गरी कूल १ करोड ६४ लाख ८५ हजार रुपैंया पाउने भएको छ । मिक्वाखोला गाउँपालिकाले बित्तीय समानीकरणमा ४९ लाख २२ हजार,सर्सत अनुदानमा ५ लाख ४९ हजार र समपुरक अनुदान बापत १ करोड गरी कूल १ करोड ५४ लाख ७१ हजार रुपैंया पाउने भएको छ । यता बित्तीय समानीकरण बापत मेरिङ्देन गाउँपालिकाले ६१ लाख ९१ हजार,सर्सत अनुदान बापत ५ लाख ९० हजार र समपुरक अनुदान बापत १ करोड गरी कूल १ करोड ६७ लाख ८१ हजार रुपैंया पाउने भएको छ । मैवाखोला गाउँपालिकाले सर्सत अनुदानमा ५५ लाख ५४ हजार,सर्सत अनुदान बापत ५ लाख ३१ हजार र समपुरक अनुदान बापत १ करोड गरी कूल १ करोड ६० लाख ८५ हजार रुपैंया पाउने भएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाले बित्तीय समानीकरणमा ६४ लाख १८ हजार,सर्सत अनुदानमा ५ लाख ६२ हजार र समपुरक अनुदान बापत १ करोड गरी कूल १ करोड ६९ लाख ८० हजार रुपैंया पाउने छ । सिदिङ्वा गाउँपालिकाले बित्तीय समानीकरणमा ५९ लाख ५६ हजार,सर्सत अनुदानमा ५ लाख ७३ हजार र समपुरक अनुदानमा १ करोड गरी कूल १ करोड ६५ लाख २९ हजार रुपैंया पाउने भएको छ । बित्तीय समानीकरणमा ७० लाख ४१ हजार रुपैंया पाएको सिरिजंगा गाउँपालिकाले सर्सत अनुदानमा ५६ लाख ६० हजार र समपुरक अनुदानमा १ करोड गरी कूल २ करोड २७ लाख १ हजार रुपैंया प्राप्त गर्दै प्रदेशबाट जिल्लाभरीका स्थानीय तहमा बित्तीय समानीकरण,सर्सत अनुदान र समपुरक अनुदानमा सबैभन्दा बढी बजेट पाएको छ ।

(सबै हेर्न यो वेबसाइटमा) http://moeap.p1.gov.np/node/352

अरुलाई पनि शेयर गरौ !

Similar Posts