| |

घुन्सालाई नमुना बस्तीको रुपमा विकास गरिने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार २ ।
ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सालाई नमुना बस्तीको रुपमा विकास गरिने भएको छ । कञ्चनजंघा हिमालको प्रवेशद्वार मानिने फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्सालाई प्रदेश सरकारको योजनामा नमुना बस्तीको रुपमा विकास गरिने भएको हो ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले मङ्गलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटकीय बस्ती घुन्सालाई नमुना बस्तीको रुपमा विकास गर्ने उल्लेख गर्नुभएको हो । पर्यटन विकास लक्षित योजनाअन्तर्गत नै हिमाली बस्ती घुन्सालाई नमुना बस्तीमा विकास गर्नेगरी मन्त्री आङ्बुहाङले योजनामा समेट्नु भएको हो ।
कञ्चनजंघा हिमालको मुख्य पदमार्गमा पर्ने घुन्सा बस्ती तीन हजार ५९५ मिटरको उचाइमा रहेको छ भने हाल घुन्सामा २८ परिवार स्थायी रुपमा बासोबास गर्दै आएका छन् । हरेक वर्ष पर्यटनको मौसममा बाह्य तथा आन्तरिक पर्यटकको उपस्थितिले घुन्सा बस्ती खचाखच हुने गरेको छ । यता प्रदेश १ को आगामी आवको बजेट भाषणसँगै घुन्सालाई नमुना बस्तीको रुपमा विकास गर्ने योजनामा समेटेकाले स्थानीयबासी हर्षित भएका छन् ।
नमुना बस्ती विकासले पर्यटन विकासमा थप टेवा पुग्नेभन्दै घुन्साबासी हर्षित भएका स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । घुन्साबासीको आम्दानीको एक मुख्य स्रोत नै पर्यटन भएकाले नमुना बस्ती विकासको कार्यक्रमले पर्यटकको उपस्थिति वृद्धि हुने र स्थानीयको आम्दानी पनि बढ्ने उनीहरुको बुझाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts