|

कोरोना उपचारका लागि सिदिङ्वाले ल्यायो आकर्षक राहत प्याकेज ः उपचारका लागि ५० हजार रुपैंया सम्म उपलब्ध गराइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोरोना बिरुद्धको उपचारका गर्नुपर्ने पालिका भित्रका बासिन्दाका लागि अधिकतम् ५० हजार रुपैंया सम्म उपलब्ध गराउने गररी उपचार राहत प्याकेज घोषणा गरेको छ । उपाध्यक्ष जीवनकुमार ताम्लिङका अनुसार पालिकाभरीका बासिन्दामा कोरोना संक्रमित भइ होम आइसोलेसनमा बस्नुपर्ने वा अन्य अस्पतालमा उपचारका लागि जानुपर्ने अवस्था आए पालिकाले उपचार राहत प्याकेज उपलब्ध गराउने भएको हो । कोरोना संक्रमित व्यक्तिहरु होम आइसोलेसनमा बस्दा पालिकाको स्वास्थ्य शाखाले मास्क र स्यानीटाइजर सहित होम आइसोलेसन किटमार्फत प्रथम तहको औषधिहरु उपलब्ध गराउने भएको छ । कोभिड–१९ संक्रमण पुष्टी भइ होम आइसोलेसनको मापदण्ड पूर्ण पालना गरेको अवस्थामा संक्रमित व्यक्तिलाइ रोग प्रतिरोधात्मक क्षमता प्रवद्र्धनका लागि पोषणयुक्त खाना खाने प्रयोजनार्थ वडा निगारानी समूह र सम्वन्धित वडामा रहेको स्वास्थ्य चौकीको सिफारिसमा संक्रमण पुष्टी भएको १० दिन भित्र जनही ५ हजार रुपैंयाका दरले रकम उपलब्ध गराइने उपाध्यक्ष ताम्लिङले जानकारी दिनुभयो ।

होम आइसोलेसनबाट उपचारका लागि सिदिङ्वा गाउँपालिका वडा नं ४ मा रहेको कोभिड अस्पताल लगायत अन्य अस्पतालमा रेफर भइ उपचारका लागि जानु परेमा गाउँपालिकाको एम्बुलेन्सले निःशुल्क रुपमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । यदि एम्बुलेन्स सम्भव नभए आफैं गाडी व्यवस्था गरी गएको खण्डमा गाडीभाडा बापतको रकम(यातायात खर्च) गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिनुभयो । यस्तै होम आइसोलेसन वा लागि सिदिङ्वा गाउँपालिका वडा नं ४ मा रहेको कोभिड अस्पतालमा उपचार हुन नसकी रेफर भइ अर्को अस्पतालमा उपचार गराउन जानु परेमा औषधि उपचार खर्च बापत बिल भरपाइको आधारमा अधिकतम् ५० हजार रुपैंया सम्म रकम उपलब्ध गराउने निर्णय भएको समेत पालिका उपाध्यक्ष ताम्लिङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts