राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को–को भए मन्त्री ?

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,जेठ २१ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । साँझ ६ बजे सपथ राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनु भएको छ । शरद सिंह भण्डारी उर्जा, अनिल झा खानेपानी,लक्ष्मणलाल कर्ण भूमिसुधार, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, चन्दा चौधरी महिला बालबालिका र एकबाल मिया वनमन्त्री बन्नु भएको छ । जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनुहुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts