|

ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १८ ।
ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धाको सङ्क्रमणका कारण मंगलबार मृत्यु भएको हो ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेतिर वृद्धाको मृत्यु भएको बताइएको छ । वृद्धामा आइतबार गरिएको एन्टिजेन परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । वृद्धाको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts