| |

ताप्लेजुङमा मंगलबार थपिए ८ जना नयाँ कोरोना संक्रमित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ११ ।
ताप्लेजुङमा मंगलबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार मंगलबार अपराह्न आएको पीसीआर रिपोर्टमा आठ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
रिपोर्ट आउन बाँकी रहेको एक सय ३ जनामध्ये एक सय जनाको रिपोर्ट आउँदा आठ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन हेमराज कठायतले जानकारी दिनुभयो । एकसय ३ जना सबै सानिमा हाइड्रोपावरमा कार्यररत रहेकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएकोमा अब तीन जनाको रिपोर्ट आउने बाँकी रहेको कठायतले बताउनुभयो ।
यस्तै सोमबार पनि जिल्लाबाट फ्लोअप परीक्षणसहित एक सय ५९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार थप भएकासमेत जिल्लामा सक्रिय संक्रमितको संख्या चार सय ४२ पुगको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts