कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु, ७९१४ थपिए

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,जेठ ९ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts