ताप्लेजुङको सिरिजङ्गाले कक्षा ४ देखि ९ सम्मको परीक्षा पालिका स्तरीय सञ्चालन गर्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ४ देखि ९ सम्मको परीक्षा पालिका स्तरीय गर्ने भएको छ । त्यसका लागि पालिकाले स्थानीय विज्ञ समेतको सहयोगमा प्रश्नपत्र तयार गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार चैत ४ गते देखि परीक्षा सञ्चालन हुने छ । सिरिजङ्गा गाउँपालिकामा कक्षा ४ देखि ९ सम्मका लागि ३५ वटा परीक्षा केन्द्र हुनेछन् । पालिकामा ४१ वटा बिद्यालय रहेका छन् ।

कक्षा १ देखि ३ सम्मको परीक्षा भने बिद्यालयले आफैं प्रश्नपत्र तयार गरी सञ्चालन गर्ने पालिकाले जनाएको छ । कक्षा ८ को परीक्षा पालिका स्तरीय गर्नेगरी ताप्लेजुङका केहि स्थानीय तहले यसअघि नै निर्णय गरिसकेका छन् ।

सिरिजङ्गाले भने कक्षा ४ देखि ९ सम्मकै परीक्षा पालिका स्तरीय गर्ने भएको हो । सम्वन्धित बिद्यालयका प्रधानाध्यापकलाई परीक्षा केन्द्रको केन्द्राध्यक्ष तोकिएको समेत पालिकाले जानकारी दिएको छ ।

प्रश्नपत्र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा सुरक्षित राखी परीक्षा सञ्चालनको दिन सम्वन्धित परीक्षा केन्द्राध्यक्षलाई दिईने व्यवस्था मिलाईएको समेत पालिकाले जनाएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts