|

सिरिजङ्घा गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ८ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा शनिबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सिरिजङ्घा गाउँपालिकाबाट ४९ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा चारजनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकी ४५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पोजेटिभ रिपोर्ट आउनेमा एकजना महिला र तीनजना पुरुष हुनुहुन्छ । शनिबार आएको पीसीआर रिपोर्ट अनुसार चारजना संक्रमित थपिएसँगै सिरिजङ्घा गाउँपालिकामा कुल सक्रिय संक्रमितको संख्या १५ पुगेको जनाइएको छ । यता फुङ्लिङ नगरपालिका–४ की एक कोरोना संक्रमित महिला संक्रमणमुक्त हुनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts