| |

ताप्लेजुङमा बुधबार ७६ जना नयाँ कोरोना संक्रमित थपिए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ५ ।
ताप्लेजुङमा बुधबार ७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार एकसय जनाको पीसीआर रिपोर्ट आउँदा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएकामध्ये ४५ जना पुरुष र ३१ जना महिला छन् ।
गत बिहीबार सुकेटार क्षेत्र र जिल्ला अस्पतालबाट स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएकामध्ये बाँकी रहेको एक सय जनाको रिपोर्ट बुधबार आएको हो । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा विजय गोठाले गौतमका अनसार २४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
गत बिहीबार एकैदिन २०६ जनाको स्वाब (नमुना) परीक्षणका लागि पठाएकोमा यसअघि १०६ जनाको रिपोर्ट आएको थियो । दुई सय ६ जनाको रिपोर्ट आउँदा तीन जना फ्लोअपसहित ४३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts