| |

वाइसिएलको सिदिङ्वा पालिका कमिटी अध्यक्षमा पौडेल

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको पालिका कमिटी अध्यक्षमा दिनेश पौडेल चयन हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको तेस्रो अधिवेशनले पौडेल अध्यक्ष रहेको ५१ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
पालिका कमिटी उपाध्यक्षमा ज्ञानेन्द्र इधिङगो, सन्दिप लिङ्देन, सचिवमा इन्द्र इधिङगो, सहसचिव तुलसी लिङ्देन, पुजन सुनुवार र आयुषा मिश्र तथा कोषाध्यक्षमा सन्दिप बानियाँ चयन हुनुभएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा भएको वाइसिएलको पालिका अधिवेशन माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, वाइसिएलका जिल्ला अध्यक्ष कैलास माबोको उपस्थितिमा सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य एवम् सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष अमर इधिङगोलगायत पार्टी तथा जनवर्गीय संगठनका विभिन्न तहका नेतृत्वहरुको उपस्थिति रहेको थियो । यही बैशाख २३ गते जिल्ला अधिवेशन गर्ने तयारीस्वरुप वडा तथा पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने क्रमलाई तीब्रता दिँदै आएको वाइसिएलका जिल्ला अध्यक्ष माबोले जानकारी दिनुभयो ।

Similar Posts