शिक्षक आवजुङको हत्या अभियोग लागेका २ जना पुर्पक्षका लागि कारागार चलान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,५ जेठ । गत ९ बैशाखामा ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रा स्थित तिदिमा टोलमा हत्या गरिएका शिक्षक खड्ग आवजुङ लिम्बूको हत्या अभियोगमा पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ताप्लेजुङ जिल्ला अदालतको ४ जेठको थुनछेकबाट ३० बैशाखमा पक्राउ परेका २ जना कारागार चलान भएका हुन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रताप आवजुङ लिम्बू भनिने आकाश लिम्बू र मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमान वनेम लिम्बू रहेका छन् । शिक्षक आवजुङलाइ प्रताप भनिने आकाशले भरुवा बन्दुक प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्ष रहेको छ । भरुवा बन्दुक प्रहार गरी खड्गको हत्या गरेको अभियोग लागेका निजले प्रयोग गरेको भरुवा बन्दुक मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमानबाट लिएको भनी खुलाएकाले दुबैजना माथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । सो मुद्दा ताप्लेजुङ अदालतमा पेश हुँदा दुबैलाइ पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भए बमोजिम उनीहरुलाइ कारागार पठाइएको समेत डिएसपी राणाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts