| |

ताप्लेजुङमा ४६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३०७ पुग्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३ ।
ताप्लेजुङमा सोमबार ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार फुङ्लिङ नगरपालिकाका ४० र सिदिङ्वा गाउँपालिकामा छ जना संक्रमित थपिएका छन् ।
जनस्वास्थ्य अधिकृत खरेलले सोमबार आएको परीक्षण रिपोर्टअनुसार फुङ्लिङका तीन र सिदिङ्वा गाउँपालिकाका एक जनाको पुनः रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । फुङ्लिङ नगरपालिकाको सुकेटार लगायत क्षेत्रबाट २०७ जनाको स्वाब संकलन गरी पठाएकोमध्ये १०६ जनाको मात्र रिपोर्ट आएको पनि खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार बाँकी रहेको १०१ जनाको रिपोर्ट मंगलबार आउने छ । उता सिदिङ्वा गाउँपालिकाबाट ४९ जनाको नमुना पठाएको फ्लोअपसहित सात जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सोमबार आएको पोजेटिभ रिपोर्ट आएकासहित अब जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ३०७ पुगेको पनि जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या भने १६ पुगेको छ । यता सोमबार ६९ जना फ्लोअपसहित १७७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको फुङ्लिङ गरपालिका स्वास्थ्य शाखाकी प्रमुख मञ्जु गरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts