ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,३ जेठ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचनामार्फत प्रत्येक साताको आइतवार,मंगलवार र बिहीबार मात्र बैंकिङ सेवा सञ्चालन हुने निर्णय लिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सदरमुकाम क्षेत्रमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि हप्तामा ३ दिन एक चौथाइ कर्मचारी मात्र राखेर फुङ्लिङ बजारमा बैंकिङ सेवा सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । यसअघि निशेधाज्ञा अवधिभर यहाँका बैंकहरुले एक चौथाइ कर्मचारी राखेर दैनिक सेवा दिदैं आएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts