|

रणनीतिक महत्वको सिचुवान–तिब्बत रेलमार्ग निर्माणलाई गति दिन चिनियाँ राष्ट्रपतिको आग्रह

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २४ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरको सिचुवान–तिब्बत रेलवे निर्माण कार्यलाई गति दिन आग्रह गरेका छन् । तिब्बत नेपालको सिमानासँग जोडिएको छ । नेपालको नजिक पर्ने तिब्बतपछिको अर्काे प्रान्त सिचुवान हो । राष्ट्रपति सीले सो रेलमार्ग निर्माणले राष्ट्रिय सुरक्षा र सीमा क्षेत्रको स्थायित्वको लागि महत्वपूर्ण भूमिका खेल्नेसमेत उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो रेल निर्माणले हाम्रो पश्चिमी क्षेत्र विशेषगरी सिचुवान र तिब्बतको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।’ सो रेलवे खण्डको केही निर्माण कार्य भने यस अगाडि नै सम्पन्न भइसकेको छ । १,०११ किलोमिटर लामो सो रेलवे लाइन रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको छ । सिचुवान–तिब्बत रेलवे लाइन तिब्वतको दोस्रो रेलवे लाइन हो यसभन्दा अगाडि क्विनहाई– तिब्बत रेलवे लाइन सन्चालमा रहेको छ । दीर्घकालीन विकास र सामारिक महत्वलाई दृष्टिगत गदै सिचुवान–तिब्बत रेलवे लाइन निर्माण कार्य अगाडि बढाइएको बताइएको छ । सो रेलवे निर्माण गर्न अझै १० वर्ष लाग्ने चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ विश्लेषकहरुले तिब्बतको सिमानामा कुनै समस्या उत्पन्न भएमा रणनीतिक सामानहरु सो क्षेत्रमा लैजान सहज हुने बताएका छन् । नेपालको सिमाना तिब्बतसँग जोडिएका कारण सो रेलमार्ग निर्माणले दीर्घकालीन रुपमा नेपाललाई समेत फाइदा हुने देखिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts