प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनहुन्छ । तेस्रो पटक प्रधानमन्त्री बन्नु भएका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । शपथपछि उहाँले शुक्रावारै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनु भएको थियो । अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts