ताप्लेजुङमा सक्रिय कोरोना संक्रमित संख्या २ सय ३८ पुग्यो,एन्टीजेन सहित फेरी थपिए १८ जना

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२९ बैशाख । ताप्लेजुङमा सक्रिय कोरोना संक्रमित संख्या २ सय ३८ पुगेको छ । फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिर्पोट आउँदा १२ जना संक्रमित थपिएका छन् । याङ्वरकको १९ जनाको परीक्षण रिर्पोटमा ४ जना पोजेटिभ थपिएका छन् । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार अहिले ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ । दिउँसो फुङ्लिङ नगरपालिकाबाट पठाइएको स्वाबमध्ये १ सय जनाको रिर्पोट प्राप्त हुँदा थप ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६६ जनाको रिर्पोट पोजेटिभ आएकोमा २ जना भने पुरानै संक्रमितको रिर्पोट पुनः पोजेटिभ आएको छ । बुधवार ताप्लेजुङ अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा १ जना कोरोना संक्रमित थपिएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts