बैकल्पिक सरकार गठनको संभावना सकियो, ओली सरकारकै पक्षमा महन्थ ठाकुर

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, बैशाख २८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नुलाई मधेश विरोधी कामको संज्ञा दिनुभएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएर सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर संयुक्त विज्ञप्ती जारी गरेको केही घण्टापछि अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो । सोमबार राति विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको भन्दै बैकल्पिक सरकार गठनमा सहमत हुन नसक्ने निर्णय सार्वजनिक गर्नुभएको छ । ओली सरकारले नै आफूहरुको माग पूरा गरिरहेको अवस्थामा नयाँ सरकार बनाउने गतिविधमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको ठाकुरको निचोड छ । ठाकुरले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत प्रष्ट पार्नुभएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मतविभाजन हुँदा ठाकुर समूह तथस्ट बसेको थियो भने यादव समूहले विपक्षमा मतदान गरेको थियो । प्रधानमन्त्री ओली बिश्वासको मत लिन असफल भइ राष्ट्रपतिले संबिधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिनुभएलगत्तै ठाकुरको यस्तो निश्कर्ष आएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts