ताप्लेजुङमा ४८ जना कोरोना संक्रमित थपिए,सय नजिक पुग्यो सक्रिय संक्रमितको संख्या

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, बैशाख २३ । ताप्लेजुङमा बिहीबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ९९ पुगेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार ५८ जनाको प्राप्त रिपोर्टमध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पाण्डेका अनुसार २६ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यो तोक्मेडाँडामा संकलन गरिएको स्वाबको बिबरण रहेको प्रजिअ पाण्डेले जानकारी दिए । बुधबार मात्र ताप्लेजुङमा ३२ जना कोरोना संक्रमित थपिएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts