|

मेरिङ्देन गाउँपालिकाले ग¥यो छड्के जाँच,आधा भन्दा बढी कर्मचारी माथि कारवाही हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ३ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका ३४ कर्मचारी मध्ये आधा भन्दा बढी कर्मचारी प्रचलित नियम बिपरित बिदामा बसेको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले गरेको छड्के जाँचका क्रममा ३४ मध्ये १९ कर्मचारी लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । आङ्देम्बेले गरेको छड्केमा छैटौं तहका २, पाँचौं तहका ४,चौथा तहका १२ र १ जना श्रेणी बिहिन कर्मचारी बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । आङ्देम्बेका अनुसार २०७७ चैत १ देखि २०७८ बैशाख ३ गते सम्मको अवधिलाइ आधार मानेर छड्के गरिएको थियो । छड्केमा कोहि महिना दिन सम्म त कोहि ७ दिन सम्म कार्यालयको बिना स्वीकृत कार्यालयमा अनुपस्थित रहेको पाइएको उहाँले जानकारी दिनुभयो । मौखिक रुपमा पटक–पटक सचेत गर्दा पनि कर्मचारीको अनुपस्थितिले सेवाग्राहीका काममा उल्झन आउन थालेपछि छड्के जाँच गरिएको उहाँले जानकारी दिनुभयो । छड्केमा परेका सबै कर्मचारीलाइ लिखित स्पष्टीकरण पेश गर्न भनिएको र चित्त बुझ्दो जवाफ नआए गाउँ कार्यपालिकाले गर्ने निर्णय र प्रचलित कानुन अनुसार थप कारवाही प्रकृया अघि बढाउने आङ्देम्बेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts