टोनहममाथि लिभरपुलको प्रभावशाली जित

अरुलाई पनि शेयर गरौ !

लन्डन,माघ १६ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार उत्कृष्ट लयमा फर्कने क्रममा टोटनहममाथि ३–१ को प्रभावशाली जित निकालेको छ । लिगका पाँच खेलमा जितहीन रहेको लिभरपुलले तीमध्ये चार खेलमा कुनै गोल गर्न सकेको थिएन । टोटनहमविरुद्ध भने लिभरपुल मजबुत देखियो । अर्कातर्फ टोटनहम आफ्ना स्ट्राइकर ह्यारी केनलाई चोटका कारण गुमाउन बाध्य रह्यो । लिगमा ४ सय ८२ मिनेटको गोल खडेरी तोड्दै ब्राजिली खेलाडी रोबर्टो फिरमिनोले पहिलो हाफको इन्जुरी समयमा बललाई पोस्टको दिशा दिए । त्यसको दुई मिनेटपछि ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले दोस्रो गोल थपे । पिएरे एमलीको गोलले टोटनहमले खेलमा फर्कन प्रयास गरे पनि त्यो पर्याप्त रहेन । साडियो मानेले लिभरपुलका लागि तेस्रो गोल गरे । जितका बावजुद लिरभपुलले चोटका कारण अर्का खेलाडी जोएल माटिपलाई फेरि गुमाउन सक्ने भएको छ । लिग तालिकामा भने लिभरपुल २० खेलबाट ३७ अंक बनाई चौथो स्थानमा उक्लिन सफल रह्यो । टोटनहम ३३ अंकसाथ छैटौं स्थानमा छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts