शीर्ष स्थानमा फेरि लेस्टर

अरुलाई पनि शेयर गरौ !

लन्डन,माघ ७ । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि उक्लन सफल भएको छ । यसका लागि उसले चेल्सीमाथि मंगलबार २–० को जित रच्यो । विल्फ्रेड एनडीडी र जेम्स म्याडिसनले एक–एक गोल गरे । जितपछि लेस्टरको ३८ अंक भएको छ । हारले चेल्सी व्यवस्थापक फ्रान्क लाम्पार्डमाथि अझ दबाब बढेको छ । चेल्सी लिगका पछिल्ला आठ खेलमध्ये दुईमा मात्र विजयी रहेको छ । टोली अहिले आठौं स्थानमा झरेको छ । यो शीर्ष स्थानमा रहेको टिमसँग ९ अंकको दूरी हो । चेल्सीले सिजनको सुरुमा नयाँ खेलाडीका लागि ४० करोड खर्च गरेको थियो तर क्लबले त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन । मंगलबारकै अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ब्रुमलाई २–१ ले हरायो । जितपछि वेस्ट ह्याम ३२ अंक बनाएर सातौं स्थानमा पुगेको छ । वेस्ट ब्रुम भने ११ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts