प्रदेशसभाका सांसद साम्सोहाङलाइ कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या २० मा झ¥यो
ताप्लेजुङ, पुस ५ । १ नं प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङलाइ कोरोना संक्रमण पुष्टी भएको छ । आइतवार प्राप्त रिर्पोट अनुसार साम्सोहाङको रिर्पोट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझाको दोस्रो पटकको पीसीआर परीक्षण रिर्पोट पनि पोजेटिभ नै आएको छ । यसको अर्थ ओझामा संक्रमण कायम देखिएको छ । प्रजिअ चापागाँइका अनुसार यसअघिका ४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २० मा झरेको छ ।