ताप्लेजुङमा एकैदिन थपिए ७ कोरोना संक्रमित,समुदाय स्तरमा पुग्ने सम्भावना बलियो भएकोले सावधानी अपनाउन प्रशासनको आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङमा आइतवार एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ । यसअघि ५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका थिए । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ अस्पतालले गत २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएको थियो । २१ जनाको स्बाव परीक्षणका लागि पठाउँदा ७ जनाको रिर्पोट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो । स्वाब दिएका र शंकास्पद सबैले होम आइसोलेसनमा रहनुपर्नेमा त्यो नभएको पाइए पछि अब चाँहि कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने सम्भावना बलियो भएको प्रजिअ चापागाँइले बताउनुभयो । प्रजिअ चापागाँइले समुदायका सदस्यकै लापरबाही कारण कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने सम्भावना बलियो भएको ।‘शंकास्पद आफैं सर्तक नहुने,स्वाब दिएर आइसोलेसनमा नबस्ने,व्यक्तिगत सुरक्षाका उपायको पूर्ण अवलम्वन नगर्ने कारणबाट कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना देखिएको प्रजिअ चापागाँइले बताउनुभयो । उहाँले संक्रमितको नजिकको सम्पर्कमा आएकाहरुलाइ आ–आफ्नो स्थानमा सुरक्षित रहेर बस्न र केहि समस्या देखिए नजिकको स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गर्नु भएको छ । संक्रमितहरुले आफु र आफु नजिक रहेकाहरुलाइ समेत आइसोलेसनमा राख्न पर्ने दायित्व रहेको उहाँले बताउनुभयो । स्वाब दिएका मध्ये केहि मात्र आइसोलेसनमा रहेको पाइएकोले खोज पड्तालको प्रारम्भिक काम भइरहेको उहाँले जानकारी दिनुभयो । समुदाय स्तरमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना बलियो भएकोले अब प्रत्येक समुदायका सदस्यले सावधान,सचेत र स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्वन गर्न जरुरी भएको प्रजिअ चापागाँइको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts