|

थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २९ । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । उनीहरुमध्ये १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् भने १२१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २७ हजार ७२० होम आइसोलेसनमा छन् भने ३७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts