आईपीएल ः कोलकातालाई पराजित गर्दै पञ्जाव चौथो स्थानमा

अरुलाई पनि शेयर गरौ !

दुबई,कात्तिक ११ । इन्डियन प्रिमियर लिगमा (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले आफ्नो उत्कृष्ट पुर्नआगमन कायम राख्दै सोमबारको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो । यो जितपछि पञ्जाव १२ अंकका साथ लिगको चौथो स्थानमा उक्लियो भने कोलकाता पाँचौं स्थानमा झरेको छ । प्रतियोगितामा कमजोर सुरुआत लिएको पञ्जावले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । सोमबारको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जवाफमा पञ्जावले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान मन्दीप सिंहले ६६ रन बनाए र नटआउट रहे । उनले आठ चौका र दुई छक्का प्रहार गरे । पञ्जावका लागि क्रिस गेलले ५१ रन बनाए । उनले २९ बलमा अर्धशतक बनाएका हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts