|

दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपा र काँग्रेसको निर्णय

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, कात्तिक ३ । काठमाडौ,कात्तिक ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख बिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् । नेकपाका प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो । बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ । सांसदहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए । यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता नलिन आफ्ना सांसदहरुलाइ आग्रह गरिसक्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts