चेन्‍नईविरुद्ध कोलकाताको रोमाञ्चक जित

अरुलाई पनि शेयर गरौ !

अबुधाबी,असोज २२ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा बुधबार चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित कोलकाता यस विजयसँगैं तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ मध्येको तीन खेल जितेको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले यस पटक राम्रो लय समात्न सकेको छैन । ६ मध्येको ४ खेल हारेर २ मात्र जित्न सकेको चेन्नई पाँचौं स्थानमा छ । आठ मध्येको शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । अबुधावीस्थित शेख जायेद रंगशालामा टस जितेको कोलकाता पुरा २० ओभर खेली १ सय ६७ रनमा अलआउट भयो । चेन्नईले ५ विकेट गुमाई १ सय ५७ रनमात्र बनाउन सक्यो । रवीन्द्र जडेजाले ८ बलमा अविजित २१ रन बनाए पनि चेन्नईलाई जिताउन सकेनन् । उनले खेलको अन्तिम ३ बलमा दुई चौका र १ छक्का प्रहार गरेका थिए । तर उनका अविजित जोडी केदार जादवले १२ बलमा ७ रनमात्र बनाउन सके । ओपनर शेन वाटसनले ४० बलमा ५० रन बनाए । लगातार दोस्रो खेलमा अर्धशतक बनाउनेक्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे । फाफ डु प्लेसिसले १७ र अम्बती रायडुले २७ बलमा ३० रन बनाए । धोनी १२ बलमा ११ रन बनाई बरुण चक्रवर्तीको बलमा बोल्ड भए । यसअघि कोलकाताबाट ओपनर राहुल त्रिपाठीले ८१ रन बनाएका थिए । ५१ बल खेलेका म्यान अफ द म्याच उनले ८ चौका र ३ छक्का प्रहार गरे । सुबमन गिल ११, सुनिल नारिन १७ र कप्तान दिनेश कार्तिक १२ रनमा आउट भए । चेन्नईबाट ड्वायने ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३, साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए । बिहीबार पुछारमा रहेको किंग्स इलेभेनले छैटौं स्थानको सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts